शनिबार, वैशाख ८, २०८१

चिकित्सा शिक्षा आयोगले भन्यो – आवेदनमा नागरिकता पेश नगर्नेलाई परीक्षामा सहभागी गराईदैन

मेरोन्यूज २०७८ जेठ ९ गते ६:२७

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/ ७८ मा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन दिदा अनिवार्य नेपाली नागरिकता पेस गर्नु पर्ने जनाएको छ ।

आयोगले एक सुचना जारी गदै शैक्षिक सत्र २०७७/ ७८ मा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागीले नेपाली नागरिकता समावेश नगरेका परीक्षार्थीलाई छात्रवृत्रि नदिइने समेत जनाएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र पेश नगरी आवेदन दिएका परीक्षार्थीहरुलाई जेठ मसान्तसम्म सोको प्रमाणपत्र पेश गर्न आयोगले सूचना जारी गरेको छ ।

परीक्षार्थीहरुले प्राप्त गर्ने योग्यताक्रमको आधार तथा आरक्षणको कोटाबाट छात्रवृत्ति सिट छुट्याइने भएकाले जेठ मसान्तसम्म नेपाली नागरिकताको प्रमाणपत्र नपठाए आवेदन फाराम स्वीकृत नहुने स्पष्ट सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया