शुक्रबार, जेठ ४, २०८१

नेपालमा कोरोना निको हुने संख्या ३ लाख ८३ हजारभन्दा बढी

मेरोन्यूज २०७८ जेठ ९ गते ६:१३

काठमाडौं । नेपालमा कोरोना निको हुनेको संख्या ३ लाख नाघेको छ । शनिवार थप ८ हजार ८४८ जना निको भएसंगै नेपालमा ३ लाख ८३ हजार ६८४ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ५ लाख ५ हजार ६४३ रहेका छन् । भने विभिन्न आइसोलेसन,अस्पतालमा १ लाख १५ हजार ८०६ जना रहेका छन् ।
यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६हजार १५३ रहेको छ ।

Advertisement

प्रतिक्रिया