मंगलबार, वैशाख ११, २०८१

प्रतिनिधिसभा विघटनकाे विराेधमा प्रदर्शन

मेरोन्यूज २०७८ जेठ ८ गते २०:०४

राैतहट । प्रतिनिधिसभा विघटनकाे विराेधमा शनिबार राैतहटमा प्रदर्शन भएकाे छ । यहाँ युवाहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकाे पुत्ला दहन गरेर विराेध गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले सरकारका विरूद्ध चर्काे नारावाजी गरेका थिए । सरकारकाे सिफारिशमा राष्ट्रपतिले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनकाे घाेषणा गरेकी थिइन् ।

प्रतिक्रिया