शुक्रबार, चैत १६, २०८०

काेराेना देखाएर संसद् विघटनपछि हुन सक्ने सम्भावित प्रदर्शन राेक्ने सरकारकाे तयारी

सर्वसाधारणलाई घर बाहिर निस्कन राेक

मेरोन्यूज २०७८ जेठ ८ गते १९:५४

काठमाडाैं । काेराेनालाई देखाएर प्रतिनिधिसभा विघटनसँगै हुनसक्ने सम्भावित विराेध प्रदर्शन राेक्न सरकारले कडाइ गर्ने संकेत गरेकाे छ । शनिबार गृहसचिव महेश्वर न्याैपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अत्यावश्यक अवस्थामा बाहेक सर्वसाधारणलाई घर बाहिर निस्कन नदिन निर्देशन दिएका छन् ।

मन्त्रालयमातहतकाे सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा बाेलाएर उनले सरकारले निषेधाज्ञा पनि जारी गरेकाे अवस्थामा हुनसक्ने सम्भावित प्रदर्शन राेक्न निर्देशन दिएका हुन् ।

सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै काेराेनाकाे प्रवाह नगरी केही जिल्लामा विराेध प्रदर्शन शुरू भएका छन् । शनिबारै नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले राष्ट्रपति निवास अगाडि विराेध प्रदर्शन गरेकाे थियाे ।

प्रतिक्रिया