शुक्रबार, चैत १६, २०८०

‘कोभिड सहायता कक्ष’ सञ्चालनमा

मेरोन्यूज २०७८ जेठ ८ गते १७:५८

हेटौंडा । कोरोना संक्रमितलाई घरघरमै सूचना, जानकारी तथा उपचार सेवा समेत प्रदान गर्न ‘कोभिड सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । उद्योग वाणिज्य संघ मकवानपुरका पहलमा संघका सचिवालयमा सञ्चालनमा ल्याइएको सो कक्षमा आवश्यक स्वास्थ्यकर्मी तथा सामग्री समेत उपलब्ध गराइएको छ ।

संघका अध्यक्ष कृष्ण कटुवालले सचिवालयमा खटिएका स्वास्थ्यकर्मीले संक्रमितका अवस्थाका बारेमा जानकारी लिने , तत्काल अस्पताल लैजान परेमा अस्पतालमा श्ययाका बारेमा जानकारी दिने तथा सहजीकरण गरिदिने, संक्रमितको घरमै पुगेर उपचार र आवश्यक औषधि दिनुपरेमा खटिने व्यवस्था मिलाइएको जनकारी दिए । सहायता कक्षमा हाल २५ थान अक्सिजन सिलिण्डर, पिपिई, औषधि तथा पौष्टिक आहार राखिएको छ । रासस

प्रतिक्रिया