बुधबार, वैशाख १२, २०८१

गोरखाका स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

मेरोन्यूज २०७८ जेठ ८ गते १७:५२

गोरखा । गोरखा जिल्लाका स्थानीय तहलाई कोरोना संक्रमणको रोकथाम र न्यूनीकरणमा सहयोग पुर्‍याउन आठ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । विदेशमा कर्मथलो बनाएका गोर्खालीले जिल्लाका ११ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।

ग्लोबल गोरखा समाज र गोरखा समाज जापानले उपलब्ध गराएको स्वास्थ्य सामग्री गोरखा नगरपालिकामा आज आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको उनले बताए । हस्तान्तरित सामग्रीमा मास्क सहित एन्टिजेन किट, अक्सिमिटर लगायतका सामग्री रहेका छन् । समाजका अध्यक्ष बिनय अधिकारीले भने, “ संक्रमण बढी फैलिएको स्थानीय तहमा बढी र कम सङ्क्रमण भएका स्थानीय तहमा कम स्वास्थ्य सामग्री दिइएको छ ।”

सामग्री उपलब्ध गराउन समाज जापानका अध्यक्ष सिएम भट्टराई लगायतको महत्वपूर्ण भूमिका रहेको छ । रासस

प्रतिक्रिया