बिहीबार, वैशाख १३, २०८१

क्रुर मानव

बलात्कारबाट जोगिन ७ पुरुषको हत्या, को हुन् यी महिला ?

हिंसा र यौन दुर्व्यवहारले जन्माएको सिरियल किलर

दया दुदराज २०७८ जेठ ८ गते १६:१०

काठमाडौँ । तपाईले धेरै सिरियल किलरका बारेमा थाहा पाउनु भएको होला । तर, तपाईलाई ऐलीन वुर्नोसको बारेमा कति थाहा छ ? हो, हामी त्यही ऐलीन वुर्नोसको बारेमा कुरा गर्दै छौँ । जसले बलात्कारबाट जोगिन ७ जना पुरुषको हत्या गरे ।

वुर्नोसले आफूलाई बलात्कार गर्ने वा जबरजस्ती गर्न खोज्ने सबै पुरुषको हत्या गर्ने गरेकी प्रहरीले प्रमाणित गरेको हो । सन् १९५६ मा जन्मिएकी उनले आफ्नो जीवन कालमा अलग अलग घटनामा गरी ७ जना पुरुषको हत्या गरेको स्वीकारेकी थिइन् ।

प्रहरीका अनुसार वुर्नोस एक निम्न वर्गीय परिवारमा जन्मेकी थिइन । आफ्नो जीवनयापनका लागि उनले सानै उमेरदेखि वेश्यावृत्तिमा लाग्न बाध्य भइन् । उनलाई सानै उमेरमा आफ्ना आमाबाबुले छोडेका थिए । त्यसैले उनले सानै उमेरदेखि विविध दुव्र्यवहार र हिंसाको सामना गर्नु पर्दथ्यो । उनलाई गरेको दुव्र्यवहार र हिंसाले नै अन्तमा अपराधिक घटना संलग्न हुन बाध्य भइन् । उनलाई हिंसा र दुव्र्यवहार गर्नेको बदलामा नै सिरियल हत्यारा बन्न पुगेको प्रहरीले पुष्टि गरेको छ ।

हजुरबुवाले गरे यौन शोषण

वुर्नोसको नाम पहिले ऐलिन कैरल पिटमैन थियो । उनको जन्म २९ फेब्रवरी १९५६ मा अमेरिकाको रोचेस्टर, मिशिगनमा भएको हो । उनको आमाबाबु डायने वुर्नोरस मेलिनी र लियो आर्थर पिटमैनले १५ वर्षको उमेरमा विवाह गरेका थिए । उनीहरुको विवाहको २ वर्षपछि वुर्नोसको जन्मपूर्व नै उनीहरु अलग भएका थिए ।

वुर्नोस कलिलो जीवनमा निकै त्रासदीपूर्ण घटनाले ठाउँ ओगट्यो । उनका आमा आर्थर पिडिमैन धेरै मध्यपान गर्थिन् । जसकारण उनले कन्सास र मिशिगनको मनोरोग अस्पतालमा समेत समय बिताएका थिए । उनले सन् १९६९ मा जेल सजाए भोग्दै गर्दा जेलभित्रै झुण्डिएर हात्महत्या गरेका थिए ।

सम्बन्ध बिच्छेदपछि वुर्नोसकी आमाले आफू र एक वर्षका भाइलाई हेरविचार गर्न असमर्थन जनाएकी थिइन । ४ वर्षको उमेरमा वुर्नोसलाई आफ्नो आमाले छोडिन् । त्यही उमेरबाट उनले दुव्र्यवहार, हिंसाको जीवन सुरुवात गरिसकेकी थिइन् । हजुरआमाले पनि धेरै मध्यपान गर्थिन् । र, सानो उमेरदेखि उनका हजुरबुबाले शारीरिक र यौन शोषण गरेको वुर्नोसले आफ्नो बयानमा बताएकी थिइन् ।

१४ वर्षको उमेरमा नै उनी गर्भवती भएकी थिइन् । बच्चाको बाबु अज्ञात थिए । २३ मार्च १९७१ मा वुर्नोसले डेट्रायट प्रसूति गृहमा बच्चा जन्माइन । र, बालगृहमा छोडिन् । उनको त्यो कदमपछि घरपरिवारले अस्वीकार साथै समाजले समेत तिरस्कार गर्न थालेको बयान दिएकी थिइन् ।

वुर्नोस र उनका भाइले आफ्नो हजुरबा हजुरआमाको घर छोड्न बाध्य भइन । उनीहरुले हजुरआमा र हजुरबाको घर छाडेपछि धेरै कष्ठ र यातना भोग्नु परेका थिए । घर छाडेपछि उनी र उनको भाइ एकल माताहरुको आश्रममा लगिए । त्यही वर्ष १९७१ मा वुर्नोसको हजुरआमाको धेरै माधक पदार्थ पिएकाले कलेजोमा समस्या आएर मृत्यु हुन पुग्यो ।

पहिलो अपराध

वुर्नोसले विद्यालय जाँदै गर्दा वेश्यावृत्तिको काम गर्ने गर्थिन् । उनी बजारमा सैंड्रा क्राश्चको उपनामले परिचित थिए । यसो त वेश्यावृत्ति गर्नेको उपनाम हुनु सामान्या कुरा मानिन्थ्यो । सामान्यतः आफ्नो ग्राहकलाई आफ्नो सही विवरण दिइदैन थियो ।

सन् १९७४ मा कोलोराडोमा अव्यवस्थित आचरण, मध्यपान गरेर गाडी चलाएको र पिस्टलले गोली चलाएको अभियोगमा उनी पक्राउ परेका थिए । यो नै उनको प्रहरीसँगको पहिलो भेट थियो ।

सन् १९७६ मा मिशिगन फर्किएपछि उनलाई एक बिलियर्ड वालको टाउकोमा बारटेण्डर प्रहार गरेको अभियोगमा दोस्रोपटक पक्राउ गरियो । पक्राउ परेको केही दिनपछि वुर्नोसमा भाइ किथको घाँटीमा क्यान्सर भएका कारण निधन भयो । जसबाट उनले जीवन बिमाबाट १० हजार डलर पाए । बिमाबाट प्राप्त भएको रकमले उनले आफूविरुद्ध लागेका मुद्दाहरुको जरिवाना तिरिन् ।

विवाहपछि बढ्दो अपराधिक घटना

सन् १९७६ को अन्तमा वुर्नोसले फ्लोरिडाको यात्रा गरिन् । र, त्यहाँ उनले व्यवसायीसँग भेटे । ती व्यवसायी नाटिकल क्लबका अध्यक्ष लुइस फेल थिए, जो ७६ वर्षका थिए । वुर्नोस र लुइस फेलबीच ५० वर्षको उमेर अन्तर थियो । तैपनि, उनीहरुले विवाह गरे । जसकारण वुर्नोसको जीवन परिवर्तन भयो । विवाहपछि पनि उनी अपराधिक घटनामा फस्दै आएकी थिइन् । विवाहपछि उनी झैझगडाका साथै आफ्नो श्रीमानसँग कुटपिट गरेको अभियोगमा पक्राउ पर्दै आएकी थिइन् । उनको व्यवहारले लुइस फेलले सम्बन्ध बिच्छेद गरे ।

लुइससँगको सम्बन्ध बिच्छेदपछि वुर्नोसको अपराधिक घटनाले झन गम्भिर रुप लिन थालेको प्रहरीले जनाएको छ । सन् १९८१ मा फ्लोरिडाको एजवाटरमा एक सुविधा स्टोरमा डकैती गरेको अभियोगमा उनलाई पक्राउ गरेको पाइन्छ । उनी त्यो अभियोगपछि सन् १९८३ मा रिहाई भएकी थिइन् ।

उनी फेरि सन् १९८४ मा चेक बाउन्सको मुद्दामा प्रहरीले नियन्त्रणमा पुगिन् । त्यस्तै उनी लाइसेन्सबिना ड्राइभिङ, कार चोरी, बन्दुकसहित चोरीलगायतका विभिन्न मुद्दामा पक्राउ पर्दै आइन् ।

उनले १४ डिसेम्बर १९८९ को पहिलोपटक एक पुरुषको हत्या गरे । उनले ५१ वर्षीय रिचर्ड मैलोरी नाम गरेका इलेक्ट्रिशियनको हत्या गरेकी थिइन् । उनी मदिरा र महिलाको शौखिन थिए । रिचर्ड एक चोर र एक धारावाहिक बलात्कारी थिए । वुर्नोसले आफ्नो आत्मरक्षाका लागि रिचर्डको हत्या गरेको बयानमा बताएकी छन् ।

त्यस्तै, उनले ६ महिना पछि, १ जून, १९९० मा दोस्रो हत्या गरेको पाइन्छ । अवस्थामा भेटिएको शव ४३ वर्षीय डेविड स्पियर्सको रहेको प्रहरीले प्रमाणित गरेको थियो । त्यो शवमा समेत ६ गोली लागेको प्रहरीले जनाएको छ । त्यही समय चार्लस् कार्सकादोको शव प्रहरीले फेला पार्यो । जुन शवमा ९ गोली थियो । ती गोलीहरु पहिलेको जस्तै गरी चलाइएका थिए । त्यसको ठिक एक महिनापछि वुर्नोसले ६५ वर्षीय पिटर सिम्सको हत्या गरे । त्यही वर्ष उनले ७ जनाको हत्या गरेको प्रहरीले प्रमाणीत गरेको छ ।

मृत्युदण्डको फैसला

जनवरी १९९१ मा उनी पक्राउ परेपछि १६ जनवरीमा दोषी ठहर भइन् । तर, आफ्नो आत्म रक्षाका लागि हत्या गरेको बयान दिएकी थिइन् । २७ फेब्रवरी १९९२ मा वुर्नोसले डिग्री हत्याको पुष्टि भएपछि अदालतले उनीविरुद्ध मृत्युदण्डको सजायको लागि सिफारिस गरेको थियो ।

यद्दपि, उसले गरेको रिचर्ड मौलरको हत्याबाहेक अन्य ६ जनाको हत्याविरुद्ध दोषी ठहर भइन् । उनलाई फ्लोरिडा जेलमा एक घातक इञ्जेक्सन दिएर ९ अक्टुबर २००२ को बिहान ९ बजेर ४७ मिनेटमा मृत्युदण्डको सजाय दिइयो । एजेन्सीहरुको सहयोगमा

यो पनि पढ्नुहोस्

‘ठग बेहराम’ जसले ९ सयभन्दा बढी मानिसको हत्या गरे

संसारकै भयानक ‘सिरियल किलर’, जो रगतले नुहाउथिन्

१९ औँ शताब्दीका क्रुर तानशाहहरु

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया