शुक्रबार, वैशाख १४, २०८१

माओवादीको स्थायी समिति बैठक बस्दै

मेरोन्यूज २०७८ जेठ ८ गते १४:५२

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको छ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न बैठक बोलाएको स्थायी समिति सदस्यका लिलामणि पाैडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यले नयाँ सरकारका लागि आधार पेश गर्दै गर्दा पनि संविधानविपरीत संसद विघटन गरेपछि राजनीतिमा तरंग आएको छ । माओवादी केन्द्रसहित प्रमुख राजनीतिक दल र नेकपा एमालेकै नेता माधवकुमार नेपाल पक्षले संसद विघटन अस्वीकार गरी राजनीतिक तथा कानुनी लडाईं लड्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया