शुक्रबार, वैशाख ७, २०८१

विवाहमा कोरोना फैलिँदा बेहुलासहित आमाको मृत्यु, बेहुली अस्पतालमा भर्ना

मेरोन्यूज २०७८ जेठ ८ गते १३:३८

काठमाडौँ । झापाको गौरादह नगरपालिका ४ को एक विवाह घरमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । संक्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार संक्रमित ताजपुरियाको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनी त्यस अस्पतालमा उपचारत थिए ।

यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो । वैशाख १५ गतेतिर उनको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पाँचजनाको पूरै परिवारलाई संक्रमण देखिएको थियो ।

त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । विवाह कार्यमा असवाधानी हुँदा ताजपुरियामा संक्रमण सरेको हुन सक्ने उनले बताए ।

योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

प्रतिक्रिया