बिहीबार, वैशाख १३, २०८१

नेपाललाई चीन सरकारले पठायो ३० हजार लिक्विड अक्सिजन

मेरोन्यूज २०७८ जेठ ८ गते १३:२६

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियण्ट तीव्र गतिमा फैलिएसँगै अक्सिजन उच्च गतिमा देखिएको छ । कोरोना संक्रमितलाई अक्सिजन अभाव हुँदा मृत्यु भइरहेको अवस्थामा चीन सरकारले अक्सिजन सहयोग गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो सामाजिक सञ्जालमार्फत नेपालमा देखिएको अक्सिजन अभावलाई नियन्त्रणा गर्न भन्दै ३० हजार लिटर ‘लिक्विड अक्सिजन’ सहयोग गरेको जानकारी दिएकी हुन् । उक्त अक्सिजन चीनबाट तातोपानी नाका हुँदै नेपाल आइसकेको उनले जानकारी दिएकी छन् ।

यसअघि चीन सरकारले २० हजार अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री अनुदानमा दिने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया