शनिबार, वैशाख १५, २०८१

महामारीमा स्वास्थ्यकर्मीलाई हेर्ने समाज

भावना हाङ्खिम राई २०७८ जेठ ८ गते १२:२२

फार्मेसी एउटा मेडिकल क्षेत्रको महत्वपूर्ण अंग हो । जहाँ औषधी र औषधी वस्तुहरु फार्मेसी र फार्मासिस्ट बिना सम्भब छैन । सर्वसाधारणलाई फर्मासिस्ट एक जना औाषधी बेच्ने मान्छे हो भन्ने लाग्ने भएकाले यो सोच परिवर्तनको आवश्यकता छ ।

साना कक्षादेखि शुरु हुने स्वास्थ्य शिक्षामा फार्मासिस्टको बारेमा जानकारी नदिएकाले पनि ठूलो मान्छेमा समेत यो ज्ञान अपुग भएको हो । किनकी औषधीमा चिकित्सकले तोकेको अनुसार नै हुने भएकाले यसमा विकल्प हँदैन । यहाँ आवश्यक छ कि कुनै पनि औषधी व्यापारीले होइन ज्ञान भएकाले आवश्यकता व्यक्तिलाई प्रदान गर्ने हो । सेवा बाफत नियमानुसार तोकेको मापदण्डमा कारोबार हुने हो । त्यसैले स्थानियस्तरदेखि प्रदेश र केन्द्रसम्म फामेसिस्ट र फार्मेसीको ज्ञान हुन आवश्यक छ ।

फार्मासिस्ट एक जना रसायन र औषधीबिज्ञ हुन् । औषधिको खोज, अनुसन्धान, गुणस्तर, व्यवस्थापन, भण्डार, वितरण, गुणस्तर नियमन, प्रयोगपछि देखिने असल र खराब सम्बन्धी जानकार हुन् । फार्मासिसट र फार्मेसी बिना जुनसुकै अस्पताल तथा चिकित्सा क्षेत्र सञ्चालन गर्न सकिदैन । त्यसैले सबै अस्पताल तथा चिकित्सा केन्द्रमा औषधीको आवश्यकता पर्छ । जुन औषधी फार्मासिस्टले बनाउने काम गर्छ र सर्वसाधारणमा पुर्याउन तैनाथ हुन्छ ।

नेपालको संविधानले मौलिक हकमा स्वास्थ्यलाई सर्वसाधारणमा सहजा दिलाउन गुणस्तर, सुरक्षित र असर तथा प्रभावको औषधि आवश्यक पर्ने उल्लेख गरेको छ । यसका लागि फार्मेसिस्ट र फार्मेसीको सबै स्थानमा आवश्यक पर्छ ।

साधारण उदाहरण चिकित्सको निर्देशनबिना कुने पनि औषधी प्रयोगका लागि फार्मेसीले नदिने नियममा जोड दिनुपर्छ । नेपाल बाहेक विभिन्न देशमा ज्वरो आको बेला खाने सिटामल पनि चिकित्सकले तोकेको छैन भने लिन पाईदैन ।

त्यसैले सरकारले रिर्फर बिना औषधी दिन नमिल्ने नियम लगाउन आवश्यक छ । किनकी औषधीको प्रयोग पछिल्लो समय लागु औषधको रुपमा (ट्यापेहरुले) प्रयोग गर्ने प्रविधि बढ्न थालेको छ । हामी जस्ता केही जान्ने व्यक्तिले नियन्त्रणमा अप्रत्यक्ष रुपमा सहयोग गरेका हुन्छम् । तर यो सिमीत व्यक्तिभन्दा सरकारद्धारा नै कडाई गर्नुपर्छ । होइन भने लागु औषधको रुपमा प्रयोग गर्नेको संख्या बढ्दै जान्छ ।

नेपालका केही स्थानमा समेत फार्मासिस्टले चिकित्सकको विना रिर्फर औषधी नदिदा सर्वसाधारणबाट गाली खानुपर्ने अवस्था हुन्छ । म पनि यसबाट मुक्त छैन ।

अहिले कोभिड १९ को महामारी छ । जन स्वास्थ्यकर्मीहरु आफ्ना ठाउँमा रातदिन विरामीको सेवामा खटिएका छन् । डाक्टर, फार्मासिस्ट, ल्याब, रेडियोग्राफी काममा लागेका छन् । म एक जना फार्मासिस्ट हो । देशलाई आपत परिरहेको छ । म जतिसक्छु मेरो तर्फबाट म विरामीहरुलाई सेवा दिन्छु ।

मैले यो फार्मासिस्ट विषय छान्नुको कारण दुख्खमा पर्नेलाई केही उत्तरदायित्वपूर्ण रुपमा सेवा दिन सक्नु पनि हो । कति फार्मासिस्ट घरमा हुन्छन् । कुनै डेरा लिएर कोठामा बसेका हुन्छन् । महामारिका बेला समाजले गरेको व्यवहार निराशाजनक छ । विहान १० बजेदेखि साँझ ७ बजेसम्म मेरो दैनिकी फार्मेसीमा बित्छ । समाजको त्यो नकारात्मक व्यवहार दुव्र्यबहारको रुपमा लागु भएको देख्दा रुन मन लाग्छ । कैयौं पटक बाथरुपमा गएर ऐना हेर्दै रोएको पनि छुँ व्यवहारका कारण ।

फार्मेसीमा दैनिक कम्तिमा १० घण्टा फार्मेसीमा मेरो समय बितेको हुन्छ । फार्मेसीमा बित्दा विभिन्न खालका व्यक्ति औषधीका लागि आउँछन् । औषधी लिन आउँदा कसैले पूर्जी लिएका हुन्छन् भने कसैले टाउको दुख्यो, ज्वरो आयो, पेट दुख्यो भनेर आउँछन् । डाक्टरलाई देखाएर सल्लाहा लिएर आउनुस् भन्दा उल्टै नराम्रो शब्द समेत प्रयोग गर्न छुटाउँदैनन् । अनि मन रुन्छ ।

महामारिको समयमा सबैले सुरक्षा अपनाउनुपर्छ । नजिक नआउन बार समेत बाधिएको छ फार्मेसीमा । कसैको छेऊमा नबस्नु, मास्क लगाउनु, सेनिटाइजर, साबुन पानिले हात धुने, बाहिरबाट घर पुग्दा लुगा फेर्ने, सकिन्छ भने नुहाउने कुरामा सचेत गराउँदा त डाक्टर होस् भन्ने व्यवहारले समाजमा उत्तरदायित्व निभाउनुपर्छ भन्ने कसरी जस्तो लाग्छ । हामि सर्वसाधारणको सेवामा लागेका छौं । तर समाजकले नपत्याउने व्यवहार किन भन्ने प्रश्नको उत्तर खोज्नै गारो हुन्छ ।

वास्तवमा भन्ने हो भने सबैलाई थाहा भएको कोरोना १९ एउटा भाइरस हो । जुन हावाको माध्यमबाट सर्छ । त्यो हावा समाजका जुनसुकै व्यक्तिमा परेर संक्रमण हुन सक्छ । मलाई कोरोना लाग्दैन भन्ने होइन । नियमानुसार प्रोत्साहन, हौसला दिनेबेला छिछि र दुरदुर गरेर उल्टै हामीलाई कोरोना सार्ने व्यक्ति भन्छन् ।

समाजका व्यक्तिले यो बुझ्न आवश्यक छ की समाजमा बसिसकेपछि मानवतासँगै मान्यताको व्यवहारमा पनि सहभागि हुनुपर्छ । कोरोना १९ व्यक्तिको होइन, समाज, राष्ट्र र विश्वको हो । तनाब सबैमा छ, सहमति सहकार्य र एकतासँगै अघि बढ्नुपर्छ । एकता भनेर कोरोनाको बेला नजिक हुने होइन कम्तिमा दुई मिटर टाढा हुन जान्नुपर्छ । सचेत रहनेसँगै नियम पालना गर्नुपर्छ । आफू पनि बचौं अरुलाई पनि बचाऔं । गारो सारो पर्दा हो सबैलाई सबैको साथ सहयोग चाहिने ।

पिडा हो, केहीदिन अघिको । मेरो टाउको दुख्यो र स्वास नलिमा समस्या आयो । म २ दिन फार्मेसी गएन । म घरमै बसे । फार्मेसीमा मेरो साथी (म दाइ भनेर सम्बोधन गर्छु ) एक्लै जानु भयो । यहाँका मान्छेले मेरो कुरा काट्न थाले । यो केटीलाई कोरोना भो, योबाट बच है । म बस्ने घरका मान्छेदेखि टोल, बजार गाउँ पूरै मेरो कुरामा व्यस्त हुन थाल्यो , केटी कोरोना भनेर ।

मलाइ म देखि नै डर लाग्न थाल्यो, कोरोना होकी ? म स्वास्थ्कर्मी हुँदा पनि समाजको व्यवहारले रुघादेखि डराउनुको विकल्प भएन । पोलिमेयरस चेन रियक्सन रियाक्सन (पिसिआर) टेस्ट को रिपोट आउन बाँकी दिनमा देखिएको व्यवहारले मलाई वाक्क, दिक्क, प्वाक्क बनायो समाजदेखि ।

मेरो पिसिआर नेगेटिभ आएको शेयर गर्दा सबैबाट बल्ल बधाई पाएँ तर मलाई लागेको रुघा, स्वास नलिको गारोपन र दुईदिन फार्मेसी नजाडाको पिडाको मुख्य कारण व्यवहार र अर्काप्रति नकारात्मक चिन्ता देखेर समस्या समाधानको बाटोतिर नलाक्ने लक्षण समाजको देखे ।
मलाई दिएको बधाई नेटेटिभ पिसिआर हो । यो व्यवहारप्रति समाजलाई धेरै धन्यवाद । तर मैले केही पाठ सिक्ने मौका पाएकोमा सबैप्रति आभारी छुँ ।

लेखिका राई फार्मासिस्ट हुन् ।

प्रतिक्रिया