बिहीबार, वैशाख १३, २०८१

कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा जारी

मेरोन्यूज २०७८ जेठ ८ गते १०:४०

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक जारी छ ।कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक पौने १० बजेबाट प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कस्तो रणनीति बनाउने विषयमा बैठक जारी रहेको एक पदाधिकारीले जानकारी दिए ।

मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी थिइन् । उक्त कदमका बिरुद्ध आगामी रणनितिका विषयमा विपक्षी गठबन्धन कांग्रे, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले ११ बजे बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से बैठक बस्नेछ ।

प्रतिक्रिया