बुधबार, वैशाख १२, २०८१

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले :गगन थापा

मेरोन्यूज २०७८ जेठ ८ गते ९:०४

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामारीमा त यस्तो अधम गर्न सक्ने ‘देशघाती जोडी’ यहीँ र यत्तिमै रोकिनेवाला नभएको बताएका छन् । सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको उनले आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यस्तो दिएका हुन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा राखेको धारणा यस्तो छ

खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद१विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५) को आव्हान,अनुकुल नभएपछि फेरी विघटन ! कस्तो सेटिङ प्रकृया त देखाउन मात्र थियो,यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए !
सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्
नेतागण ! नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।

प्रतिक्रिया