शुक्रबार, चैत १६, २०८०

राष्ट्रपतिको विज्ञेप्ती लगत्तै मध्यरात मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

प्रतिनिधीसभा भंग गरेर चुनावको मिति घोषणाको तयारी

मेरोन्यूज २०७८ जेठ ८ गते ०:१५
तस्विर : फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्रवान गरेपनि दावी परेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवैको दावी बहुमतका लागि आधार दिने खालको नरहेको ठहर गरेपछि संसद विघटनको दिशामा गएको छ ।

राष्ट्रपति कार्यालयको वक्तब्य आएसँगै मध्यरात प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा । बैठक अहिले बालुवाटारमा वसिरहेको छ ।

साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै मध्यरात मन्त्रिपरिषद बैठक बोलाईएको हो । यो बैठकले अव संसदमा कसैको पनि वहुमत पुगेर संविधानको धारा ७६(५) अनुसार सरकार गठनको आधार नदेखिएकोले संसद विघटनको सिफारिस राष्ट्रपतिलाई गर्ने र चुनावको मिति घोषणा गर्ने गरी तयारी भएको बालुवाटार स्रोतले बताएको छ ।

Advertisement

प्रतिक्रिया