शुक्रबार, जेठ ४, २०८१

देशभर ८ हजार ६०७ जनामा कोरोना पुष्टि, १७७ जनाको मृत्यु

मेरोन्यूज २०७८ जेठ ७ गते १७:३६

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

Advertisement

सोही अवधिमा एक सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार देशभर ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक सय ९० जनाको मृत्यु भएको थियो ।

यस्तै आज देशभरबाट ६ हजार ५४३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया