मंगलबार, वैशाख ११, २०८१

कोभिडमा ई–कमर्श बढ्दो

मेरोन्यूज २०७८ जेठ ७ गते १६:३७

काठमाडौं । कोभिड १९ले सबैतिर समस्या पारिरहेका बेला ई– कमर्शमा बढावा भएको छ । सबै बैंक, वित्तिय संस्था, शेयर मार्केट, खरिद बिक्रि गर्ने क्षेत्र सबैमा ई– कमर्श चलायमान देखिएको छ । आज शुक्रबार २७ वर्ष पूरा गरेको महालक्ष्मी विकास बैंकले पनि १ सय रुपैयाँ बोनस सहतिको ई– कमर्श सेवा प्रदान गर्न योजना ल्याएकोे छ ।

कोरोनाका कारण गत वर्ष भएको निशेधाज्ञाले समस्यामा परेका सबै देशमा ई–कमर्सका लाई बाटो खोले । सबेले स्मार्टफोनमा एप्स चलाए । नेपाल लगायत विश्वका खुद्रा विक्रेता समेत राष्ट्रव्यापी निशेधाज्ञाका कारण पसल खोल्ने समय निर्धारण गरेको बेला या पसल सटर बाहिर सूचना टास गरी नम्बर दिने प्रचलनले पाइला चाल्यो । गत वर्ष पूरा हुन नपाएको ई– कमश यो वर्ष विश्वभर चम्केको छ । ई– कमर्शसँगै प्रविधिमैत्रीको बाईटको व्यवस्था गर्न विश्व लागेको छ । तर सबै प्रविधिमैत्रीले कार्य सुधारमा विकास गरेपनि मानसिक रुपमा समस्या नहोला भन्न नसकिने मनोचिकित्सकहरुले जनाएका छन् ।

समस्यामा परेका बेला सचेत रहने सबैको जिम्मेवारी भएपनि सबै एकै स्थान र एकै तरिकाले ह्ृदयलाई दबाबमा राख्दा नयाँ प्रविधिको प्रयोग तनाब हुन सक्ने बताएका छन् मनोचिकित्सकहरुले । तैपनि कोरोनाको दोश्रो महामारिले सबैलाई ई– कमर्शमा ल्याउन खोज्नु सहजकताको पहिचान भएको विश्वभर सबैले लिएका छन् । वास्तवमा यो प्रविधी आउनुमा कोरोनाको निशेधाज्ञाले कारोबारलाई डिजिटल प्रणालीमा लगेको हो । जसमा ई– कमर्शको प्रयोग भयो र घरबाटै सबैले सहजै आवश्यक चिजको प्रयोग गर्न थाले ।

ई–कमर्शको प्रयोगमा सबै देशका सरकारले महत्व शुरुमा दिएका थिएनन् । जब डिजिटलको प्रयोगबाट सरकारी, अन्तराष्ट्रिय बैठक राखेकाले मात्र नयाँ क्षेत्रमा सबै देशका सरकाले समर्थन जनाएका हुन् । जसले गर्दा ई–कमर्श माध्यमद्धारा कारोबार गर्नमा जोड दिएको छ, सबै देशका सरकारले । यो माध्यमबाट घरका कामका लागि चाहिने सामाग्रीको प्रयोगमा बढी ध्यान गयो । मनोरञ्जको लागि घरभित्र खेलिने केही वस्तुको प्रयोगमा बढोत्तरी भयो ई–कमर्शद्धारा । तर काम नहुने भएपछि पैसाको गारो भने सबैलाई परेको छ ।


बेरोजगार भएसी कसरी हुन्छ ई–कमर्श ?

कोरोना महामारीका कारण विश्वभर २ जनामा एक जनाले आफ्नो आम्दानीको माध्यम गुमाएको एक अध्ययनले देखाएको छ । अमेरिकास्थित तथ्यांक केन्द्रले गरेको अध्ययन अनुसार विश्वभर कोरोनाले पारेको प्रभावले कम आय भएका देशहरुका युवाहरुमा बढी प्रभावित भएको देखाएको हो ।

कोरोनाका कारण युवाहरुको कार्य समय घट्नुका साथै धेरैको रोजगारी समेत गुमेको अध्ययनमा उल्ल्लेख छ । केन्द्रले गरेको अध्ययनानुसार १ सय १७ देशका ३ लाख युवामा कोरोना महामारीका कारण आम्दानी घट्नुका साथै जागिरबाट हटेको बताएका छन् । विश्वभरको परिदृश्य हेर्दा भने यो संख्या सबैभन्दा बढी थाइल्याण्डमा ७६ प्रतिशत देखिएको छ भने सबैभन्दा कम १० प्रतिशत मात्रै स्विजरल्याण्डमा देखिन्छ । यस्तै बोलिभिया, म्यानमार, केन्या, युगाण्डा, इन्डोनेसिया, होन्डुरस र ईक्वेडरका ७० प्रतिशत बढी युवाहरुले कोरोना पछि आफ्नो रोजगार गुमाएको अध्ययनले देखाएको छ ।

यस्तै अमेरिकामा भने यो संख्या ३४ प्रतिशत छ । महामारी पनि सबैभन्दा ठुलो असर पुरुषभन्दा कम तलव लिएर बढी काममा खटिने महिलाहरुलाई परेको देखिन्छ । भारत, जिम्बावे, फिलिपिन्स, केन्या, बंगलादेशलगायत ५७ देशका ६५ प्रतिशत बढी युवाहरुले आफ्नो काम केही समयसम्मका लागि रोकिराखेको बताएका छन् । तर विकसित र उच्च आय भएका देशहरुमा भने केही समयका लागि मात्रै काम रोक्ने युवाहरुको संख्या ज्यादै न्यून देखिन्छ । अष्ट्रेलिया, स्विजरल्याण्ड र जर्मनीका १० मा १ जनाले मात्रै आफ्नो काम केही समयका लागि रोकिराखेको बताएका छन् ।

पछिल्लो समय देखिएको ई–कमर्शको कारोबार बढेपनि रकमको अभावमा समस्या देखिन थालेको छ । अफ्टारो बेला सबैले सजिलोपन रकम भएको बेला प्रयोग गर्न सक्छन् । तर समस्या समाधान नभएर न्यूनिकरणमा सबै लाग्न सबै देशका सरकारले रोजगारीलाई प्राथमिकता दिनुपर्छ । होइन भने ई–कमर्शको प्रयोग बैंकमा खाता खोलेको, बीमा कम्पनीको नामको मात्र मध्यस्थकर्ता देखिएको भन्नेमा दुईमत छैन ।


यो पनि पढ्नुहोस

Covid crushes e-commerce

प्रतिक्रिया