शुक्रबार, वैशाख १४, २०८१

शितल निवासबाट बाहिरिए प्रधानमन्त्री ओली

के प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा सरकारको दावी गरेका हुन् ?

मेरोन्यूज २०७८ जेठ ७ गते १६:१०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शितल निवासबाट बाहिरिएका छन् । उनी विपक्षी दलका नेताहरू जानुभन्दा १० मिनेट अगाडि शितल निवास पुगेको स्रोतले जनाएको छ ।

आजै प्रधानमन्त्री अ‍ोलीले सम्पादकहरूको सम्मेलनमा बेलुकासम्म आफूले पनि प्रधानमन्त्रीमा दाबी गर्न सक्ने र त्यसको कोशिस गरिरहेको बताएका थिए । त्यही आधारमा उनले एमाले र जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको सांसदको साथ लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी अहिले प्रस्तुत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

एमालेभित्रै नेता माधवकुमार नेपाल समूहका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउन आफूहरूले हस्ताक्षर नगरेको बताइरहँदा ओली राष्ट्रपतिलाई भेट्न पुगेका थिए ।

विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्रीमा दाबी गर्ने र ओलीले आफू नै प्रधानमन्त्रीमा दाबी गरेपछि अब राष्ट्रपतिले के गर्छिन ? यो अर्थपूर्ण रहेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षरसहित नयाँ सरकार बनाउने शितल निवासमा छन् ।

प्रतिक्रिया