शुक्रबार, वैशाख १४, २०८१

विपक्षी गठवन्धन पुगे राष्ट्रपति निवास , देउवालाई प्रधानमन्त्रीमा प्रस्तुत

उपेन्द्रका १३ र माधव नेपालका २७ सांसदको साथ देउवालाई

मेरोन्यूज २०७८ जेठ ७ गते १५:४५
राष्टपति निवासमा विपक्षी गठवन्धनका नेताहरु । जहा एमालेकै माधव नेपाल पनि सहभागी छन् । तस्विर : गंगा दाहाल

काठमाडौं । वैकल्पिक सरकार गनठका लागि विपक्षी गठवन्धनले काग्रेस सभापति शेरवहादुर देउवालाई अगाडी सारेका छन् । काग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको एमालेको माधव नेपाल सहितको बैठकले नयाँ प्रधानमन्त्रीका रुपमा कांग्रेसका सभापति शेरवहादुर देउवालाई अगाडी सारेका हुन् । यो प्रस्ताव सहित विपक्षी गठवन्धनका नेताहरु अहिले शित्तल निवास पुगिसकेका छन् ।

यो समुहले कुल २७१ सांसदमध्ये १४९ सांसदको हस्ताक्षर जुटाएको माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले जानकारी दिए ।
काग्रेसका ६१, माओवादी केन्द्रका एक स्वतन्त्र सहित ४८ र माधव नेपाल समुहका २७ र जनता समाजवादी पार्टीका उपेन्द्र र डा वावुराम भट्टराई पक्षका २७ सांसदको हस्ताक्षर रहेको छ ।

एमाले तर्फका सांसदहरुको हस्ताक्षरका लागि नेतृ रामकुमारी झाक्री लगायत खटिएका थिए ।

यस अगाडी मात्रै नेपाल आफै काग्रेस सभापति देउवाको निवासमा भएको प्रचण्ड उपेन्द्र सहितको बैठकमा सहभागी भएका थिए । त्यसपछि उनले सिंहदरवारमा आएर आफु निकटका सांसदहरुसँग छलफल गरेका थिए । छलफलले के गर्ने भन्ने निर्णय लिन नेपाल स्वंमलाई जिम्मेवारी दिएपछि नेपाल समुहले विपक्षी गठवन्धनका नेता देउवालाई प्रधानमन्त्रीमा सघाउने निर्णय लिएको हो ।

यो निर्णयपछि उपेन्द्रका १३ र एमालेकै माधव नेपाल पक्षका २७ सांसदको साथ देउवालाई मिलेको हो । यो संख्या सहितको दावी लिएर अहिले विपक्षी गठवन्धनका नेताहरु राष्ट्रपति निवास जान लागेका छन् ।

कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र(बाबुराम समूहका १३ जना छन्।

प्रतिक्रिया