शुक्रबार, वैशाख ७, २०८१

स्कुटर चोरको अभियोगमा एक पक्राउ

मेरोन्यूज २०७८ जेठ ७ गते १४:५८

पर्सा । जिल्लाको वीरगञ्जबाट प्रहरीले स्कुटर चोरेको गरेको अभियोगमा आरोपमा एकजनालाई पक्राउ गरेको छ । जेठ ३ मा वीरगञ्ज–२ छपकैया बस्ने रन्जित शाहको नाममा दर्ता रहेको ना.२३ प ८२७१ नम्बरको हरियो रंगको स्कुटी चोरी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१ घर भएका २२ वर्षीय प्रदीप कुमार शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रगतिनगरस्थित सडक छेउमा पार्किङ गरेर राखेको स्कुटीको लक फुटाएर चोरी गरिएको थियो । प्रदीपले सो स्कुटर चोरेर सिर्सियास्थित खुसानी शाहको घरमा लुकाएर राखेको अवस्थामा बिहिबार प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रदीपमाथि चोरी मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया