बिहीबार, वैशाख ६, २०८१

एमालेका नेपाल समूहको भेला बस्दै

मेरोन्यूज २०७८ जेठ ७ गते १४:२०

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरूको भेला बोलाएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५)को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरूको भेला बोलाएको हो । भेलामा नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावलसहित करिब २० जना सांसदहरू सिंहदरबार पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५)अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन् । सोही विषयमा छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया