शनिबार, वैशाख ८, २०८१

महालक्ष्मी विकास बैंकको एप प्रयोग गर्दा १ सय रुपैयाँ पाइने

मेरोन्यूज २०७८ जेठ ७ गते ११:४३

काठमाडौं । महालक्ष्मी विकास बैंकले “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’”योजना आज शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । विकास बैंकको २७ औं वार्षिकोत्सव स्किम मार्फत बैंकको एप प्रयोग गरे १ सय रुपैयाँ उपलब्ध गराउने अवसर दिएको हो ।

वार्षिक उत्सवको अवसरमा नयाँ योजनाले ग्राहकलाई सेवा उपलब्ध हुने बैंकको दाबी छ । बैंकले कोभिड–१९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले योजना सञ्चालनमा ल्याएको बैंकको वेभसाईड https://www.mahalaxmibank.com मा उल्लेख छ ।

योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकहरुले जेठ ७ गते आज शुक्रबार देखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट १ सय रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस, क्युआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न हौंसाएको छ ।

प्रतिक्रिया