शनिबार, वैशाख ८, २०८१

कांग्रेसले बोलायो विपक्ष गठबन्धनको बैठक

मेरोन्यूज २०७८ जेठ ७ गते ११:२९

काठमाडौँ । राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारीमा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्ष गठबन्धन सहितको बैठक बोलाएको छ । कांग्रेसले माओवादी, एमाले नेपाल समुह, जसपा र राष्ट्रिय जनमोर्चा सहितको बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा साढे ११ बजे बैठक बस्ने भएको छ । कांग्रेस पदाधिकारी बैठक लगत्तै सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग् छलफल गर्न लागेका हुन् । बैठकमा सहभागी हुने माओवादीका अधयक्ष प्रचण्ड र एमाले नेता नेपाल बुढानिलकण्ठ पुगेका छन् भने जसपा र जनमोर्चाका नेता जाने तयारीमा रहेको जनाइएको छ । माओवादीबाट प्रचण्डसहित नाराणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा देउवा निवास पुगेका छन् ।

यसअघि कांग्रेसको बैठकले राष्ट्रपतिबाट साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि दिएको समयअघिनै सबै विकल्प लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया