शनिबार, वैशाख १५, २०८१

औषधिको कालोबजारी गरेको आरोपमा एक फार्मेसी सञ्चालक पक्राउ

मेरोन्यूज २०७८ जेठ ७ गते १०:४३


काठमाडौं । प्रहरीले औषधि कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ३ मा पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका सिरहाको धनगढी नगरपालिका ७ का २२ वर्षीय रविन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले सिरहाका बरियारपट्टी गाउँपालिका ३ बस्ने ४५ वर्षीय राम नारायण मुखियालाई गत बैशाख २५ र ३० गते २ वटा खाता बनाई औषधि विक्रि गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिए ।

डिएसपी राई भन्छन् “महतोले दुई खातामा एउटा वास्तविक मूल्य लेख्ने र अर्कोमा बढी मूल्य लेखी औषधि बिक्री गरेको देखिएको छ ।”
उनीमाथि कालोबजारी तथा अन्य सामाजिक अपराध, सजाय ऐन अनुसार कारबाही बढाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया