शुक्रबार, चैत १६, २०८०

सत्तामा निर्णायक जसपा

अबको प्रधानमन्त्री : महन्थ की ओली ?

महन्थ-राजेन्द्र पक्षले बोलाए जसपाको संसदीय दलको बैठक, उपेन्द्र-बाबुराम पक्ष बेखबर

मेरोन्यूज २०७८ जेठ ७ गते १०:२५
स्केच तस्विर साभार : दिवाकार क्षेत्री , नेपाली टाइम्स

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साझ ५ बजेसम्म नयाँ सरकार गठनको आह्रवान गरेपछि अवको प्रधानमन्त्री को ? राजनीतिक वहस शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली वीच मिलेर चालिएको यो कदम कानुनी रुपमा सम्वैधानिक भए / नभएको वहस आफनो ठाउँमा छदैछ । तर सँगसँगै राष्ट्रपतिले आह्रवान गरेको साझ ५ बजेसम्मको समयसिमाका कारण दलहरु अर्काे दवावमा पनि छन् ।

प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुपर्ने चर्काे दवावमा रहेका विपक्षी काग्रेस, माओवादी केन्द्रले जसपाको सिंगो समुहलाई नमिलाउदा सम्म सरकार गठन हुने सम्भावना छैन । माधव नेपाल पक्षको राजीनामा दिएर अर्काे विकल्प हुन सक्छ त ? भन्नेमा पनि अहिले त्यो वाटो पनि राष्ट्रपतिले सरकार गठनको आह्रवानमा वन्द गर्न खोजेकी छिन् ।

उनले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री आह्रवान त गरेकी छिन् । तर त्यसमा उनले संविधानको धारा ७६(२) का सदस्यहरुलाई भनेर प्रष्ट भनेकी छिन् । यसले संसदमा रहेको २७५ को संख्यालाई बहुमतको आधार बनाउन खोजेको देखिन्छ । यसो गर्दा माधव नेपाल पक्षले पहिले राजीनामा दिन खोजेको जस्तो विकल्पलाई पनि थुन्न खोजेको प्रष्ट देखिन्छ ।

कुल १३८ सांसदको वहुमत बनाउन खोजेको राष्ट्रपतिको आह्रवानले देखाउँछ ।

यस अर्थमा अव विपक्षीहरुले कांग्रेस वा माओवादी नेताका नाममा वहुमत जुटाउन सक्ने र ओलीको विकल्पको सरकार दिन सक्ने अवस्था अहिले जसपाभित्रको महन्थ र राजेन्द्र पक्षलाई ओलीले च्यापेबाट देखिदैन । यसका लागि कि काग्रेस र माओवादीले जसपाकै महन्थलाई अगाडी सार्नुपर्ने एउटा विकल्प देखिन्छ । अर्काे कि ओली नै प्रधानमन्त्री बन्ने सम्भावना देखिन्छ ।

Advertisement

ओलीका लागि वहुमत जुटाएपनि प्रधानमन्त्री बन्ने बाटो छ । अर्काे अरु विपक्षीलाई वहुमत जुटाउन नदिए उनकै नेतृत्वको सरकारले संसद विघटन गरेर चुनावमा जान पाउने विकल्पको बाटो संविधानको धारा ७६(७) अनुसार देखिन्छ । यसले अवको प्रधानमन्त्री को भन्नेमा विकल्पमा कि ओली नै देखिन्छन। अर्काेतिर की महन्थ देखिन्छन् ।

जसपका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भटटराईले लौरो उठाएर भएपनि अहिले ओलीको विकल्प खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । त्यसका लागि पात्र महन्थ हुने देखिएको जसपाका नेताहरुको भनाई छ । राष्टिय सहमतिको सरकार वन्ने वा आफनो नेतृत्वको सरकार बन्ने अवस्थामा सरकारमा जान सकिने धारणा यस अगाडी नै उपेन्द्र यादव र महन्थ ठाकुर दुवैले संयुक्त वक्तब्य दिएर सार्वजनिक पनि गरेका थिए ।

तर त्यो सहमति जसपाभित्र अहिले पनि कायमै छ , छैन भन्नेमा संसय छ । राजेन्द्र महतो र महन्थले प्रधानमन्त्री ओलीसँग हिजो वालुवाटार र शित्तल निवासमा राष्ट्रपतिसम्मलाई राखेर गरेको छलफल के मोडलमा रहेर भएको छ भन्ने खुल्न सकेको छैन ।

अहिले महन्थ र राजेन्द्र पक्षले संसदीय दलको बैठक आह्रवान गरेका छन्- विहान ११ वजेका लागि । तर त्यो बैठकका बारेमा उपेन्द्र यादव र डा बाबुराम पक्षलाई जानकारी सम्म दिईएको छैन । यसले जसपमा उपेन्द्र र महन्थले हस्ताक्षर गरेर जारी गरेको ८ बुँदे सहमति कायम रहे/नरहेको आंशका जन्मिएको छ ।

बाबुराम र उपेन्द्र पक्षले विकल्पको वैकल्पिक सरकार बनाउने हो भने अव आफनो पार्टीको प्रधानमन्त्रीको उम्मेदवार महन्थ ठाकुर भएको बताउन थालिसकेका छन् । यसले महन्थलाई अव काग्रेस र माओवादीले के गर्छन् ? भन्ने प्रश्न उठेको छ ।

काग्रेस पदाधिकारी बैठक आकस्मिक रुपमा बोलाईएको छ । अव उसले के निर्णय गर्छ ? जसपाको नेतृत्वमा काग्रेस सरकार बनाउन तयार छ, छैन ? काग्रेसको बैठकले गर्ने निर्णय धेरै हदमा अर्थपूर्ण हुने देखिन्छ ।

तर महन्थ केही बोलेका छैनन । महन्थ पक्षलाई फकाउन ओलीले संसदमा नागरिकता विधयेक विचाराधिन रहेकै अवस्थामा अध्यादेशमार्फत जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गरी स्वीकृत गरिएको छ । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । यो अध्यादेश हिजे मन्त्रिपरिषद्बाट जारी गराउन राष्टपति कार्यलय पठाईसकिएको छ । आजै सम्भवत राष्टपतिले त्यो अध्यादेश जारी गर्नेछिन् ।

यसले महन्थ पक्ष ओलीकै सरकारमा जाने या आफ्नै नेतृत्वको सरकार भन्नेमा दवावमा छ ।

यस्तो वेला अवको सरकार कसको र कसरी भन्नेमा दलहरु नै अहिलेसम्म चित्र प्रष्ट पार्न सकिरहेका छैनन । तर सम्भावनाका दृष्टिले ओली या महन्थ विकल्पका रुपमा देखा परेका छन् ।

प्रतिक्रिया