शुक्रबार, चैत १६, २०८०

जसपाले बोलायो संसदीय दलको बैठक

मेरोन्यूज २०७८ जेठ ७ गते १०:०९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बस्दैछ । अहिले केही बेरमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको जसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकका बारेमा सबैलाई जानकारी गराएको भए पनि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित हुने सम्भावना रहेको उनले बताए ।

“पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको हो,” उनले मेरोन्युसँग भने ।

प्रतिक्रिया