शुक्रबार, वैशाख ७, २०८१

आजको राशिफल : ज्येष्ठ ७ गते शुक्रबार

मेरोन्यूज २०७८ जेठ ७ गते ९:३०

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको ७ गते शुक्रबार, वैशाख शुक्लपक्षको नवमी तिथि ।। अब लागौं आजको राशिफलतर्फ

मेष
समय सकारात्मक छ । सुख सुविधा उपभोग गर्न पाइने छ । आम्दानीमा बृद्धि हुने छ, धन सम्पत्ति बृद्धि गर्नु पर्छ भन्ने भावसहित काम गर्न जोश र जाँगर आउने छ । अध्ययन अध्यापन गरि ज्ञान आर्जन गर्न मन केन्द्रित हुने छ । बोलीमा रुखोपना आउन भएकाले बोलीलाई संयमित राख्न ध्यान दिनु होला । पेशागत जीवनमा सकारात्मक प्रतिफल प्राप्त छ ।

वृष
समय अनुकुल रहेकाले सानो प्रयासले पनि राम्रो प्रतिफल प्राप्त हुन जाने छ । मेहनति र पराक्रमी स्वाभाब बढ्न जाने छ । आत्माबल बलियो देखा पर्ने छ । यसले सुरोपनामा बृद्धि गराउने छ । तर बोलीमा भने कडापना देखिने भएकाले यसबारेमा ध्यान दिनु होला । बोलीका कारण नोक्सानी ब्योहर्नु पर्ने हुन सक्छ । भाग्यको बलियो छ । पेशागत जीवन सकारात्मक रहेको छ । जसले गर्दा आम्दानीमा पनि बृद्धि हुने छ ।

मिथुन
समय चुनौतिपूणै देखिएकाले संयम भएर आफ्ना कार्यहरुलाई अघि बढाउनु होला । चाहिने भन्दा बढी मनोबल उच्च हुने छ । रिसाह ब्यक्तित्व हुने भएकाले अरुसँग झैझगडा हुने र लचकताको अभाव देखा पर्ने छ । पेशागत जीवन सामान्यतया सकारात्मक रहेता पनि ठोस लाभ प्राप्त हुने गरि अनुकुल पनि छैन् । भाग्यको साथ नरहेकाले परिवारका सदस्यहरुबाट र सामाजिक क्षेत्रबाट आक्षेपहरु खेप्नु पर्ने हुन सक्छ ।

कर्कट
बोलीमा नरमपना देखिने भएकाले अरुको मनमाथि प्रभाव पार्न सकिने छ । अरुले तपाईमाथि छिट्टै विश्वास गर्ने छन् । धन सम्पत्तिमा बृद्धि हुन जाने छ । वित्तिय स्थिति पनि मजबुद हुने छ । परिवारप्रति समर्पित भएर काम गर्न मन लाग्ने छ । भाग्यको साथ कम रहेकाले आवश्यक समयमा विवेक आउने छैन्, जसले गर्दा पश्चातापको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा निरशत वातावरण बन्न जाने छ ।

सिंह
समय औसतमा सकारात्मक देखिन्छ । पेशागत जीवनमा केही सकारात्मकता देखिने भएकाले राहत मिल्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । पेशागत जीवनमा देखिएका चुनौतिहरु क्रमशः समाधान तर्फ जाने छन् । मनमा अत्याधिक दुविधा आउने छ । तर ब्यक्तित्वमा भने नरमपना देखा पर्ने भएकाले आक्रामकता नहुँदा अरुसँग मिल्न सक्ने स्वाभाव देखिने छ । अरुले हेर्दा सुसत र शिथिल खाले ब्यक्तित्व बन्ने छ ।

कन्या
शारीरिक रुपमा आलस्यता बढ्ने छ । मनमा उत्साह र उमङ्गको कमि हुन जाने छ । मनमा दुबिधा अत्याधिक बढ्ने भएकाले निर्णय क्षमतामा कमि आउने छ । समय उत्साहजनक नभएकाले संयमताको खाँचो देखिन्छ । पेशागत जीवनमा एकपछि अर्काे समस्याहरु देखा पर्ने छन् । तर भाग्यको साथ रहेकाले ती कठिनाईहरुमाथि विजय पाउन उर्जा पनि प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद चर्किन जाने भएकाले विचार पु¥याउनु होला ।

तुला
अरुबाट कदर र मानसम्मान प्राप्त हुने छ । पेशा तथा ब्यवसायबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ । समय सकारात्मक रहेकाले उर्जा प्राप्त हुने छ । परिवारका सदस्यहरुबीच एकअर्कामा विश्वासको वातावरण धमिलिने छ । मनमा दुविधाले सताउने भएकाले ब्यक्तित्वमा गिरावट आउने छ । आफुले निर्वाह गर्नु पर्ने नेतृत्वदायी भुमिकाका कमि कमजोरी देखिने भएकाले यसबारेमा आलोचना गर्नेहरु बढ्ने छन् ।

वृश्चिक
समय औसत रहेको छ । भाग्यको साथ रहेकाले पेशागत जीवनमा आफुले खेलेको भुमिकाप्रति कदर हुने छ । पेशागत जीवनमा देखा परेका समस्याहरु समाधानतर्फ जाने छन् । शारीरिक रुपमा थकाई धेरै लाग्ने छ । मनमा नकारात्मक विचारले आउने छ । मनमा दृढताको कमि आउने हुँदा मनोबलको कमि हुने छ, यसले निर्णय क्षमतामा गिरावट गराउने छ । साझेदारीमा गरिएका कामबाट भने लाभ मिल्ने छ ।

धनु
समय सकारात्मक नदेखिएको हुँदा धैर्य रहने प्रयास गर्नु होला । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । दाम्पत्य जीवनमा असमझदारी हुने भएकाले ध्यान दिनुहोला । पेशागत जीवनमा उतार चढाव आउने छ । यसले मनमा निराशा बढाउने छ । बोलीलाई संयमित बनाउनु होला । बोलीमा आउने कठारताका कारण शत्रु बढ्न जाने छ । हात पर्न लागेको आम्दानीमा बिबाद देखा पर्न जाने छ ।

मकर
समय धैर्य भएर चल्नु पर्ने रहेको छ । रिस धेरै उठ्ने भएकाले शान्त रहने प्रयास गर्नु होला ।चाहिने भन्दा बढि संवेदनशिल रहने बानीले निन्द्रामा समस्या पर्न जाने छ । स–साना विषयलाई पनि गम्भीरतापूर्वक लिने खालेको सोचाईले गर्दा मन भारी हुने छ । मनमा उदासिनताको मात्रा अत्याधिक धेरै देखा पर्ने छ । पेशागत जीवनमा भने स्थिरताका संकेत देखिने छ । आम्दानीमा गिरावट आउने छ ।

कुम्भ
आम्दानीमा हुने बृद्धिले मनमा दृढता बढाउने छ । निर्णय क्षमतामा पनि चुस्तता आउने छ । साझेदारीमा गरिएका काममा यसअघि देखिएका अबरोधहरु समाधानतर्फ जाने छन् । बौद्धिक ज्ञान आर्जनमा प्रगति हुने छ । श्रम क्षेत्रमा कार्यरतहरुले रोजगारी गुमाउनु पर्ने समय देखिएकाले आफ्नो काम प्रति संवेदनशिल भई समर्पित भावले काम गर्नु होला । अत्याधिक जोखिमले भरिएका काममा संलग्नहरुलाई भने फाइदा हुन जाने छ ।

मीन
समय प्रतिकुल रहेकाले धैर्यताको खाँचो छ । भाग्यको साथ नभएकाले स–साना कामका लागि धेरै मेहनत गर्नु पर्ने छ । मनमा विचारको बाढि आउने छ । जसले गर्दा अत्याधिक दुविधाग्रस्त ब्यक्तित्व हुने छ । असजिलो परिस्थितिका बीच पनि मेहनत र पराक्रम गर्न भने मन लाग्ने छ । चिसोले धेरै सताउने भएकाले यस बारेमा चनाखो बन्नु होला ।

प्रतिक्रिया