बुधबार, वैशाख १२, २०८१

इजरायलको युद्धविराममा अमेरिकी राष्ट्रपति बाइडेनको स्वागत

मेरोन्यूज २०७८ जेठ ७ गते ८:४२

काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजा क्षेत्रमा युद्धविरामको लागि मञ्जुरी दिएको छ । इजरायलले आधिकारिक बयान जारी गर्दै भनेको छ ‘इजिप्टले युद्धबिरामको प्रस्ताव राखेको थियो, यो आपसी सहमति र ‘विना शर्त’ लागू हुने छ ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासको तर्फबाट पनि जारी गरिएको आधिकारिक बयानमा युद्ध बिरामको जानकारी दिइएको छ । उक्त बयानमा भनिएको छ कि स्थानीय समाचार अनुसार बिहान २ बजे नेपाली समय अनुसार पौने ५ बजेदेखि इजरायलको साथ आपसी सहमतिबाट युद्धबिराम गर्न लागिएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामको स्वागत गरेका छन्। यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उनले बताएका छन्

प्रतिक्रिया