शुक्रबार, वैशाख ७, २०८१

कांग्रेस पदाधिकारी बैठक ९ बजे बुढानिलकण्ठमा बस्दै

मेरोन्यूज २०७८ जेठ ७ गते ६:३७

काठमाडौं । आज कांग्रेस पदाधिकारी बैठक बस्ने भएको छ । बिहान ९ बजे सभापति शेरबहादुर देउवा बुढानिलकण्ठमा बस्ने भएको हो । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायतका विषयमा छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक आज ९ बजे बोलाईएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडलेले जानकारी दिए ।

राष्ट्रपति  भण्डारीले शुक्रबार बेलुका ५ बजेसम्म संविधानको धारा ७६ (५ ) बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छन्। मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा तत्काल त्यस्तो आह्वान गरेकी हुन् ।

प्रतिक्रिया