शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं उपत्यकामा थप ३२३२ जनामा कोरोना संक्रमण, सबैभन्दा बढी काठमाडौंमा

मेरोन्यूज २०७८ जेठ ६ गते १७:५९

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३२३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनालाई कोरोना पोजेटिभ देखिएको जनाएको छ । आज देशभर थप ८ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ६५४३ जना संक्रमणमुक्त भएका छन् ।कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया