शुक्रबार, वैशाख ७, २०८१

महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन अपील

मेरोन्यूज २०७८ जेठ ६ गते १७:३६

धनगढी । दार्चुलासँग जोडिएको भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले छ । तर त्यसको असर महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई पर्ने भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै जलविद्युत परियोजनाले लगातारको वर्षाका कारण नदीमा पानीको मात्रा बढेकाले बाँधको पानी खाली गर्न ढोका खोलिने जानकारी आएकाले सर्तकता अपनाउन आग्रह गरेको हो ।


“महाकाली नदीमा जुनसुकै बेला जलस्तर बढ्न सक्ने भएकाले जिल्लाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई पूर्व सतर्ककता अपनाउन होला”, दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया