बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय सभा चुनाव मत परिणाम

जिते गठबन्धनका खिमलाल, बादलमाथि एमालेकै माधव नेपाल समूहको अन्तर्घात

मेरोन्यूज २०७८ जेठ ६ गते १७:२६

काठमाडौैं । राष्ट्रिय सभाको वाग्मती प्रदेशतर्फको रिक्त एक पदमा भएको उपचुनावमा विपक्षी गठबन्धनका उम्मेदवार डा खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा (एमाले) उम्मेद्वार रामबहादुर थापा (बादल)लाई पराजित गरे ।

देवकोटाले कुल ५०८८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी बादलले ४०१४ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेद्वार नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मत प्राप्त गरेका थिए ।

स्थानीय तहतर्फ २ सय ३३ मत खसेको थियो । जसमा डा देवकोटाले १ सय २८ मत पाएका छन् भने बादलले १ सय ३ मत पाए । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले २ मत पाएका छन् । यस्तै प्रदेश सभाका १ सय ५ सदस्यले मतदान गरेका छन् । जसमा डा देवकोटाले मत ५८ पाएका छन् भने बादलले ४५ मत पाए । नेमकिपाका उम्मेदवार तामाङले मत २ पाएका छन् ।

यो निर्वाचनमा एमाले बलियाे रहेपनि एमालेकै माधव नेपाल समूहले अन्तर्घात गरेपछि बादल निर्वाचनमा पराजित भएका हुन् ।

प्रतिक्रिया