शनिबार, वैशाख ८, २०८१

एमाले पार्टी बैठक

पार्टी निर्णय अवज्ञा गर्ने कुरा अत्यन्त गम्भिर : एमाले

मेरोन्यूज २०७८ जेठ ६ गते १७:०५

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभामा बागमतिमा पार्टीका आधिकारिक उम्मेदवार रहेका रामवहादुर थापा (बादल) लाई एमालेभित्रै रहेर मत नदिने र विपक्षमा मत दिनुलाई गम्भिर विषय भएको बताएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्ष ओलीले बोलाएको आकसिमक स्थायी समिति बैठकले निर्वाचनको समिक्षा गदै त्यस्तो बताएको हो ।

पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा पार्टीकै जनप्रतिनिधीले मतदान गरेको विषय गम्भिर भएको एमालेले बताएको हो ।

माधव नेपाल पक्षले पार्टी उम्मेदवारलाई मत नदिएको सूचना पाएपछि त्यसको समिक्षा गदै एमाले स्थायी समिति बैठकले त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने ठहर गरेको हो । नेपाल समुहले कांग्रेस, माओवादी गठवन्धनले उम्मेदवार बनाएका डा खिमलाल देवकोटालाई मतदान गरेको आशंकामा ओलीले आकस्मिक स्थायी समिति बोलाएका थिए ।

बैठकपछि एमाले प्रवक्ता समेत रहेका परराष्टमन्त्री प्रदीप ज्ञवालीले भने,–‘‘पार्टी निर्देशन अवज्ञा गर्दै कतिपय नेता र जनप्रतिनिधिहरुले जुन ढंगले क्रियाकलाप गर्नुभयो । त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’

बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीको उम्मेदवारलाई मतदान नगर्नु संसदीय प्रणाली र पार्टीको अनुशासन विपरीत भएको बताएका थिए । ‘पार्टीको उम्मेदवारविरुद्ध उभिने प्रवृत्ति अलिअलि देखिएको छ । त्यो प्रवृत्ति ठीक होइन, संसदीय प्रणालीमा त्यो घातक र स्वीकार्य नहुने प्रवृत्ति हो । त्यसलाई भर्त्सना गर्नुपर्छ’ ओलीको भनाइ थियो ।

जेठ २ मा पार्टी विवाद समाधान गर्न कार्यदल बनेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनले बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएर कार्यदल बनेको २ जेठलाई कट अफ डेट मान्न सकिने भन्दै ज्ञवालीले भने, ‘कार्यदल बनिसकेपछि त्यो भन्दा अगाडि र पछाडिका कुरालाई एउटै ढंगले हेर्न मिल्दैन । यो विषय असाध्यै गम्भीरतापूर्वक लिएका छौं ।’

पार्टी निर्णय अवज्ञा गर्ने कुरालाई अत्यन्त गम्भिरताका साथ लिँदै भत्र्सना गरिएको छ,’ बैठकपछि जारी विज्ञेप्तीमा उल्लेख छ ।

हेर्नुहोस् वक्तब्य

प्रतिक्रिया