बिहीबार, वैशाख १३, २०८१

क्लाम्पहुकले सहज बनायो भविष्यका इन्जिनियरलाई

मेरोन्यूज २०७८ जेठ ६ गते १७:०४

काठमाडौँ । निषेधाज्ञा भएको समयमा इन्जिनियरिङ तयारीमा लागेका विद्याार्थीका लागि क्लाम्पहुकले अनलाईन कक्षा सञ्चालन गरी उत्तरदायित्व निर्वाह गरेको छ । आफ्नै वेभसाईट र फेसबुक पेज सामाजिक सञ्जाल मार्फत खोलीएको क्लाम्पहुकले भविष्यको इन्जिनियर बन्न सहजकताको भूमिका खेलेको हो ।

क्ल्याम हुकका संस्थापक बिक्कि छन्त्याल भन्छन्, “विद्यार्थी र इअसं बीचको अन्तर कम गर्न र न्युनतम भन्दा न्युनतम मुल्यमा बिद्यार्थीलाई सहयोग गर्न हामीले क्ल्याम्पहुकको अवधारणा ल्याएका हौँ ।” क्लाम्पहुकमा सम्पुर्ण कक्षाहरु डिजिटल माध्यमबाट गराइन्छ भने, शिक्षकहरु पुल्चोक बाट पास भएका इन्जिनियरहरु र पुल्चोक क्याम्पसका बिद्यार्थी स्वयम रहेका छन् । पढाई कम र व्यापार ज्यादा, अनि बिद्यार्थीलाई निकै आर्थिक भार भएको देखेर नै, पुल्चोक इन्जिनियरिङ क्याम्पसका बिद्यार्थीले क्ल्याम्पहुक नामक एकेडेमी संचालनमा ल्याएका छन् ।

अरु एकेडेमिले त्यहि २/३ महिने कक्षाको २० देखि २५ हजार लिँदा क्ल्याम्पहुकले भने, न्युनतम ६ हजार रुपैयाँमा मात्र कक्षा संचालन गर्दै छ । अघिल्लो वर्ष क्ल्याम्पहुकबाट कक्षा लिएर पुल्चोकमा नाम निकालेका परीक्षीत अधिकारीले आफुभन्दा केही वर्षमात्र ठुला दाइदिदीले पढाउँदा असाध्य सजिलो हुने भएकाले केही नबुझेको सोध्न गार्हो पनि नपर्ने, अनि कसरि बुझाउँदा हामीले बुझ्छौं भन्ने कुरा पनि सिकिने भएकाले राम्रो रहेको दाबी गरे । पढ्ने पढाउने बाहेक क्लाम्पहुकले हरेक हप्ता आइ ओ इको मोडलमा परिक्षा पनि लिन्छ । यो परिक्षा क्ल्याम्पहुकमा भर्ना भएका बिद्यार्थीलाई मात्र नभइ, सम्पुर्ण बिद्यार्थीलाई निशुल्क गरिएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) द्वारा संचालन गरिने बिई इन्जिनियरिङ प्रवेश परिक्षा नेपालकै कठिन परिक्षा मध्ये एक मानिन्छ । बर्षेनि, यो परिक्षामा २० हजार भन्दा बढि बिद्यार्थी सहभागि हुन्छन् । धेरै बिद्यार्थि र कडा प्रतिस्पर्धा हुने भएकाले, बिद्यार्थीहरूले प्रवेश परिक्षाका लागि छुट्टै कक्षा लिने गरेका छन् । बजारमा यो कक्षा व्यापारको रुपमा समेत फष्टाएको देखिन्छ ।

प्रतिक्रिया