शनिबार, वैशाख ८, २०८१

बन्चरेडाँडामा धमाधम काम, वर्षाअघि नै फोहर विसर्जन गर्न सकिने

मेरोन्यूज २०७८ जेठ ६ गते १६:५०

काठमाडौं । वर्षाको समय शुरु हुनुअगावै बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ ।

यही जेठको दोस्रो सातादेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्ने गरी काम भइरहेको भए पनि कोभिड–१९ का कारण थप आवश्यक पर्ने कामदार ल्याउन समस्या भएपछि फेरि केही समयको विसर्जन गर्ने समयसीमा पर धकेलिएको हो ।

यसअघि भएका ८० कामदारले नियमितरूपमा काम गरिरहेका छन्, तर अहिले केही बढी काम गर्नुपर्ने भएकाले अन्य केही जनक्ति थप्नुपर्ने छ । कोरोनाका कारण कामदार ल्याउन समस्या भएको बताइएको छ । समग्रमा निर्माणको कामअन्तर्गत अहिले ६३ प्रतिशत काम सम्पन्न भएको छ ।

सेल वान र सेल टु गरी दुई भागमा विभाजन गरी निर्माणको काम भइरहेको र पहिलो सेलको काम थोरै मात्र बाँकी रहेकाले वर्षाको समयअघि नै फोहर विसर्जज गर्न सकिने गरी काम भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणका आयोजना उपप्रमुख मनोज नकर्मीले जानकारी दिए । अहिले सेल वानको पोखरी ढलानको काम भइरहेको छ ।

प्रतिक्रिया