शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरू

मेरोन्यूज २०७८ जेठ ६ गते १६:४८

काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा आज भएको निर्वाचनको मत गणना सुरू भएको हो ।

साढे ४ बजेदेखि सुरु भएको मतगणनाको मतपरिणाम आज साँझ नै आइसक्ने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनका लागि तीन जनाले उम्मेद्वारी दिएका थिए । एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस/ माओवादी र एमाले नेता माधवकुमार नेपाल पक्षको समर्थनमा स्वतन्त्र उम्मेद्वार खिमलाल देवकोटा रनेमकिपाका कृष्णबहादुर तामाङ उम्मेद्वार रहेका छन् । बागमती प्रदेशका प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उप प्रमुखले मतदान गर्न पाउछन् ।

प्रतिक्रिया