शुक्रबार, वैशाख १४, २०८१

सतुंगलबाट ७ जुवाडे पक्राउ

मेरोन्यूज २०७८ जेठ ६ गते १६:३९

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सतुंगलस्थित चन्द्रागिरी पार्टी प्यालेसमा तास खेलिरहेका पार्टी प्यालेसका सञ्चालक ५४ वर्षीय राजु श्रेष्ठ सहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त पार्टी प्यालेसमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ७ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया