शनिबार, वैशाख ८, २०८१

मन्त्रिपरिषद् बैठक शुरु, संसद अधिवेशन आह्रवान सिफारिस गर्ने

मेरोन्यूज २०७८ जेठ ६ गते १६:००


काठमाडौं । मन्त्रीपरिषद्को बैठक बालु्वाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी समितिको बैठकपछि शुरु भएको मनित्रपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउनका लागि राष्टपतिलाई आह्रवान गर्न सिफारिस गर्ने भएको छ ।

परराष्टमन्त्री समेत रहेका प्रदीप ज्ञवालीले मनित्रपरिषद्को बैठकले संसदकोअ धिवशेन आह्रवान गर्न राष्टपतिलाई सिफारिस गर्ने बताए । एमाले स्थायी समिति बैठकमा त्यस विषयमा छलफल भएको थियो ।

मन्त्रीपरिषद्को बैठक शुरु हुनै लाग्दा सर्वाेच्चले ओली क्याविनेटमा रहेका ७ जना गैह सांसदलाई मन्त्रीमा पर्नुनियुक्ति गरेको असम्वैधानिक भएको भन्दै नियुक्ति खारेज गरेपछि यो मनित्रपरिषद्को बैठक वसेको हो ।

ज्ञवालीले सर्वाेच्चको फैसल्लालाई स्वीकार गरिने बताएका थिए ।

उनले सरकारले संसद्‌बाटै बजेट ल्याउने पन िबताए । अध्यादेश वा अर्काे कुनै बाटोवाट बजेट आउादैन् संसदबाटै बजेट आउँछ , उनले भने ।

पार्टी निर्णय नमान्नु गम्भिर : एमाले
स्थायी समिति बैठकले भने पार्टीको निर्णय नमान्नु गम्भिर विषय भएको बताएको छ ।

राष्ट्रिय सभाको उपचुनावमा बाग्मति प्रदेशमा पार्टीको आधिकारिक उम्मेदवार रामवहादुर थापालाई एमालेकै माधव नेपाल पक्षले मत नदिनु गम्भिर विषय भएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएको छ ।

एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको निर्देशन नमान्नु सामान्य विषय नभएको एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

कार्यदल बनिसकेपछि र अघिका कुरा एउटै हिसाबले हेर्न हुन्न। यो गम्भीर कुरा हो,-ज्ञवालीले भने ।

प्रतिक्रिया