मंगलबार, वैशाख ११, २०८१

राष्ट्रियसभाको उपनिर्वाचन : मतदानको समय सकियो

मेरोन्यूज २०७८ जेठ ६ गते १५:४२

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनको मतदानको समय सकिएको छ । मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको थियो । यो अवधिमा ३३८ मत खसेको जनाइएको छ ।

राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३ सय ४७ थिए । जसमा ३ सय ३८ जनाले मतदान गरेका थिए भने ९ जना मतदानमा अनुपस्थित रहेका थिए ।

वाग्मति प्रदेशमा प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ मतदाता रहेका छन् । १०९ सांसदमध्ये १०५ जनाले मतदान गरेका छन् भने स्थानीय तहका २३८ मध्ये २३३ जनाले मतदान गरेका छन् । विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले ‘नो भोट’ भन्दै कसैलाई पनि मतदान गरेनन् ।

प्रतिक्रिया