शुक्रबार, वैशाख १४, २०८१

त्रिशूली अस्पताललाई आइसियु थप्न स्थानीय तहको दश लाख सहयोग

मेरोन्यूज २०७८ जेठ ६ गते १४:४६

त्रिशुली । नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आइसियु) शय्या थप गर्न स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् ।

कोरोना संक्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । त्रिशूली अस्पतालमा हाल छ शय्याको आइसियु, चार एचडियु र ६ वटा भेन्टिलेटर सञ्चालनमा छ ।

नुवाकोट सहित रसुवा र धादिङका बिरामीलाई सेवा दिदै आएको त्रिशूली अस्पतालमा हाल कोरोना संक्रमित बिरामीको चाप बढेसगैँ दश शय्याको आइसियु थप्नको लागि प्रक्रिया अघि बढाइएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए ।
यस क्षेत्रका स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश तथा सङ्घीय सांसद्मार्फत आर्थिक श्रोत जुटाउन पहल थालिएकोमा किस्पाङ गाउँपालिकाको तर्फबाट गरिएको यो पहिलो सहयोग हो ।रासस

प्रतिक्रिया