बुधबार, वैशाख १२, २०८१

एमाले स्थायी कमिटी बैठक सुरु

मेरोन्यूज २०७८ जेठ ६ गते १४:२४
तस्विर : फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । स्थायी समिति सदस्य समेत रहेका नेता सुवास नेम्वाङले बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको जानकारी दिए ।


बैठकमा एमालेकै नेपाल पक्ष भने सहभागी छैन । नेपाल पक्षले २०७५ जेठ २ अगाडीको संरचनामा पार्टीलाई फर्काउनु पर्ने माग गरिरहेको छ । सोही मागका कारण पार्टीको महाधिवशेन आयोजक कमिटिले बनाएको स्थायी समितिमा नेपाल पक्षका नेताहरु छैनन ।

यो बैठकमा राष्ट्रिय सभा उपचुनावको समिक्षा, वाग्मिति प्रदेश तर्फ उम्मेद्वार रहेका रामवहादुर थापा (बादल)लाई पार्टीकै नेपाल पक्षले गरेको सहयोग/असहयोग, पार्टी विवाद मिलाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले बनाएको दुवै तर्फका ५/५ जना रहेको कार्यदल लगायतका विषयमा समिक्षा हुने बताईएको छ ।

बैठकको एजेण्डा पहिले सार्वजनिक नभएकोले पनि समिक्षा बैठक हुने अनुमान लगाईएको छ । यस्तै बैठकमा प्रधानमन्त्रीले संसदमा लिनुपर्ने विश्वासको मतका विषयमा पनि छलफल हुन सक्ने वताईएको छ ।

प्रधामन्त्री ओलीले बजेट ल्याउनु भन्दा अगाडि प्रतिनिधि सभामा विश्वासको मित लिने वा बजेटपछि लिने भन्ने बारेमा छलफल हुने बुझिएको छ । एमाले स्थायी कमिटीको बैठक सकिएपछि मन्त्रिपरिषद्को बैठक बस्ने जनाएको छ । मन्त्रिपरिषद्को बैठक लगत्तै बोलाईएको छ । मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आह्रवान गर्ने सन्र्दभमा राष्टपतिलाई सिफारिस गर्ने निर्णय लिने सम्भावना रहेको छ ।

प्रतिक्रिया