शुक्रबार, वैशाख १४, २०८१

अनिता हत्या प्रकरण

नहरमा धकेलेर दाउ प्रहार गरी भाउजूको हत्या

रगतले लतपत्तिएको दाउ पखालेर भाउजू खोज्न दाजुको सारथी

दया दुदराज २०७८ जेठ ६ गते १४:१८

काठमाडौं । आफ्नै भाउजूको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले रंगेली नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय विनोद यादवलाई नियन्त्रणमा लिएको हो ।

गत बुधबार रंगेली नगरपालिका ३ स्थित तिलुवा चोक नहरमा एक महिला मृत फेला परेकी थिईन । प्रहरीका अनुसार रंगेली नगरालिका ३ बस्ने २४ वर्षीया अनिता यादव मृत फेला परेकी हुन् ।

अनिता र विनोद देवर भाउजु भएता पनि उनिहरु छुट्टिएर फरक –फरक घरमा बसेका थिए । उनिहरुको घर फरक फरक भएता पनि आँगन भने एउटै थियो । आगन एउटै भएका कारण बेला बेलामा उनिहरुबिच सामान्य कुरामा पनि विवाद हुँदै आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान शहादुर राईले मेरो न्युजलाई बताए ।

नहरमा धकेलेर दाउ प्रहार
प्रवक्ता राईका अनुसार सामान्य विषयमा पनि विवाद गरिरहने देवर भाउजुबिच मङ्गलबार दिउँसो घरमा कल मर्मतको विषयलाई लिएर विवाद भएको थियो । मजदुरी गर्न घर बाहिर गएका अनिताको श्रीमान बेचन यादव विवाद भएको दिन बेलुका सम्म पनि घर आएका थिएनन् । राति ६ बज्दा समेत घर नआएका अनिता श्रीमान खोज्न बाहिर निस्किईन । घरको उत्तरतर्फ बाहिर निस्किएका अनितालाई पछ्याउँदै देवर विनोद पनि पछि–पछि लागेका थिए ।

मंगलबार राती करिब ८ बजेको समयमा घरदेखि उत्तर करिब ढेड किलोमिटरमा नहरको ढिलमा पुगेपछि देवर विनोदले भाउजु अनितालाई धकालिदिएका थिए । अनिता नहरमा लडिन् र बिनोदले अनिताको घाँटीमा धाँरिलो हतियार (दाउ) प्रयोग गरि हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको प्रवक्ता राईले बताए ।

रगतले लतपत्तिएको दाउ पानिले पखालेर फरार
हत्यापछि रगतले लतपत्तिएको दाउ पानिले पखालेर उनि सुटुक्क घरमा आएर बसेका थिए । राती अबेरसम्म पनि अनिता घर नआएपछि उनका श्रीमान बेचन अत्तालिदै श्रीमती खोज्न दौडिए । दाईसँगै भाउजु खोज्न विनोद पनि सँगै गएका थिए । वरीपरी खोज्दा समेत अनितालाई नेभेटेपछि विनोद राती घरमा फर्किएर केही बेर सुतेपछि उनि बिहान झिसमिसेमै उठेर फरार भएको प्रहरीले जनाए ।

विहान ८ बजे पक्राउ पक्राउ
बुधबार विहान स्थानीयले अनिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यापछि फरार रहेका बिनोदलाई प्रहरीले घरबाहिर रंगेली बजारमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको डिएसपी मानबहादुर राईले बताए । पक्राउ परेका बिनोद उपर मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको प्रवक्ता राईले जनाएका छन् ।

प्रवक्ता राईका अनुसार बिनोदले यसअघि पनि बावु र आमालाई कुटपिट गर्ने गरेका थिए । उनि झगडिया स्वभावका थिए । अनिताको बेचनसँग करिब दुई वर्ष अगाडी बिवाह भएको थियो । बिवाह भएपछि भाउजु, दाजु, बुवासँग सामान्य विषयलाई लिएर बिनोदले झगडा गर्दै आएका थिए ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया