शुक्रबार, वैशाख ७, २०८१

ओली र देउवा वीच सवाल-जवाफ

देउवाको प्रश्न : खोप किन्नै भ्रष्टाचार ? यो त अति भयो ! प्रधानमन्त्रीको जवाफ : भ्रष्टाचारीलाई छेउ पर्न दिन्न, कहाँ त्यस्तो छ ?

मेरोन्यूज २०७८ जेठ ६ गते १३:४५
तस्विर : प्रधानमन्त्रीको नीजि सचिवालय

काठमाडौं । कोभिड राकेथाम र नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले सस्थागत रुपमै सरकारलाई ध्यानाकर्षण गराएको छ । पार्टीका सभापति शेरवहादुर देउवा सहितका कांग्रेस पदाधिकारीहरुले विहिबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमै पुगेर १५ बुँदे ध्यानाकर्षण पत्र वुझाएका थिए ।

दोस्रो चरणको महामारी आउनुमा सरकारको कमजोरी औल्याउँदै कांग्रेसले सरकारले बनाएको कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको आरोप समेत लगाएको छ । कोभिड—१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरुपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको कांग्रेसको आरोप आएपछि सभापति देउवा र प्रधानमन्त्री ओलीका वीचमा केही समय सवाल जवाफ भएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

‘कोभिड संकट ब्यवस्थापनको नेतृत्व नै असक्षम र अपारदर्शी भयो,’ सभापति देउवाले प्रश्न गरे । प्रधानमन्त्री ओलीले सरकारले दिनरात नभनी कोभिडमा काम गरिरहेको छ, यस्तो वेला केही नै नगरेको भन्नै नसुहाउने देउवालाई जवाफ फर्काएका थिए ।
कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक उपप्रधानमन्त्री इश्वर पोखरेल छन् ।

खोप किन्ने कुरामा पनि भ्रष्टाचार गरेको कुरा आयो । यो त अति भयो नि’, देउवाले ओलीसाग जिज्ञासा राखेको डा प्रकाशशरण महतले भने । देउवाको त्यसतो प्रश्नपछि प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचारीलाई छेउ पर्न दिन्न । काहा त्यस्तो हुन्छ ? ’ भन्ने जवाफ फर्काएका थिए ।

विपक्षीहरुले सरकारले काम गरेको देख्नै नसकेको प्रधानमन्त्रीको भनाई थियो । सरकारले कोभिड यिनन्त्रणमा प्रभावकारी ढंगले काम गरिरहेको , त्यो पनि दिनरात नभनी काम गरेको भन्दै ओलीले आरोपमा आरोप लगाउने काम मात्र कसैले पनि गर्न नहुने धारणा राखेका थिए ।

‘‘कोरोना नियन्त्रणका लागि तपाईंहरूले दिएको सुझाव ग्रहण गर्छु तर सरकारले केही नगरेको भन्ने होइन, आरोपका नाममा आरोप मात्र लगाउनु पनि उचित होइन । सरकारले दिनरात नभनी काम गरिरहेको छ ।’ प्रधानमन्त्रीको भनाई थियो ।

कांग्रेसका पदाधिकारी सहित प्रधानमन्त्री कार्यालय देउवा पुग्दा एमालेका तर्फबाट पनि शीर्ष नेताहरु सहभागी थिए । छलफलमा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री इश्वर पोखरेल, संसदीय दलका नेता सुवास नेम्वाङ सम्म पनि सागै थिए । हेर्दा नै दुई पार्टीको द्धिपक्षिय छलफल जस्तो माहोल बनेपनि शुरुमै देउवाले कोभिडका विषयमा कांग्रेस सरकारलाई गम्भिर भएर ध्यानाकर्षण गराउन आएको बताएका थिए ।

त्यसपछि उनले आफुले लिखित रुपमा लगेको १५ वुादे सुझाव प्रधानमन्त्री ओलीलाई वुझाएका थिए ।

प्रतिक्रिया