बिहीबार, वैशाख ६, २०८१

प्रधानमन्त्री ओलीले मागे बेलायतसँग कोरोना खोप

मेरोन्यूज २०७८ जेठ ६ गते १३:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा केही समयअघि भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाली जनताको लागि बेलायतमा उत्पादन भएको एस्ट्राजेनिका खोप उपलब्ध गराउन समेत अनुरोध गरे ।

दुई देशबीचको आपसी सम्बन्ध, मुख्यत कोरोना भाइरस (कोभिड१९ ) विरूद्दको लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीज्यूले भेटवार्तामा बेलायतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया