शनिबार, वैशाख १५, २०८१

प्रियंकाको सहयोग कोषमा २२ करोड जम्मा

मेरोन्यूज २०७८ जेठ ६ गते १२:५१

काठमाडौँ । भारतमा कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि नायिका प्रियंका चोपडाले स्थापना गरेको सहयोग कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको छ । नायिका चोपडाले अनलाइनको माध्यमबाट सुरु गरेको कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको उनले जानकारी गराएकी छिन् ।

उनको अभियानमा हलिउडका गायक–गायिका, कलाकारदेखि विभिन्न मानिसहरुले सहयोग गरेका छन् । प्रियंकाले खुशी व्यक्त गर्दै ३ मिलियन डलर अर्थात २२ करोड रुपैयाँ जम्मा गर्न सफल भएको बताइन् । उक्त रकमले ५ सय अक्सिजन कन्स्ट्रेटर र ४२२ अक्सिजन सिलिन्डर किन्न सकिने र ६ हजार मानिसमा कोरोना विरुद्धको खोप लगाउन सकिने उनले बताएकी छिन् ।

उनले, कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।

प्रतिक्रिया