बिहीबार, वैशाख १३, २०८१

आचार संहिता उलंघन भएको भन्दै प्रधानमन्त्रीविरुद्ध निर्वाचन आयोगमा कांग्रेसको उजुरी

मेरोन्यूज २०७८ जेठ ६ गते १२:४९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा आज उजुरी दर्ता गराएको हो ।

बागमति प्रदेश राष्ट्रि सभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचन संहिता उल्घन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मत माग्ने वक्तव्य दिएकोमा त्यसको संसदीय दल कार्यसमितिको बैठकले घोर भत्सर्ना गरेको समेत उजुरीमा उल्लेख छ ।

“निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ,” बैठकको निर्णयसहित उजुरीमा भनिएको छ ।

प्रतिक्रिया