शुक्रबार, वैशाख १४, २०८१

तिब्बत सरकारले नेपाललाई दियो ३० हजार लिटर लिक्विड अक्सिजन

मेरोन्यूज २०७८ जेठ ६ गते १२:२०

काठमाडौं । चीनको तिब्बत सरकारले नेपालको कोरोना महामारी नियन्त्रण अभियानका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बिहीबार विहान ल्हासामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य समाग्री नेपाली प्रतिनिधिलाई हस्तान्तरण गरेको नेपालका लागि चिनियाँ राजदुत हाउ याङछीले ट्वीटर मार्फत जानकारी दिएकी छन् ।

सहयोग स्वास्थ्य समाग्रीहरुमा ३० हजार लिटर लिक्विड अक्सिजन, १० वटा अक्सिजन कन्सन्ट्रेटर , ८ सय वटा अक्सिजन सहितको सिलिन्डर ,५ वटा भेन्टिलेटर, २ सय वटा आइसियु वेड, र १५ हजार एन्टिजेन किट रहेको छ ।

बुधबार मात्रै चीनको सिचुवान प्रान्तले अत्यावश्यक स्वास्थ्य सामग्री सहितको चार्टर विमान नेपाल पठाएको थियो ।

प्रतिक्रिया