शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्रीलाई सिंहदरवारमा कांग्रेसको ध्यानाकर्षण पत्र

मेरोन्यूज २०७८ जेठ ६ गते १०:५०

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई प्रतिपक्षी कांग्रेसले सिंहदरवारमा भेटन लागेको छ । अहिले केही बेरमा भेटघाट हुने कांग्रेसले जनाएको छ । कोरोना रोकथाम र नियन्त्रण, वजेट अधिवेशन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनका लागि कांग्रेस नेताहरु सिंहदरवार पुगेका हुन् ।

कांग्रेसको हिजो नयाँ बानेश्वरमा बसेको संसदीय दलको कार्यसमितिले सरकारको ध्यानाकर्षण गराउने निर्णय लिएको थियो ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षणका लागि कांग्रेस सभापति शेरवहादुर देउवा लगायतका कांग्रेसका शीर्ष नेताहरु सिंहदरवार पुगिसकेका छन् । कोरोना नियन्त्रणमा सरकार असफल भएको, सरकारले यसलाई खेलाँची मात्र ठानेको भन्दै कांग्रेसले सरकारको ध्यानाकषर्ण गराउन लागेको हो ।

प्रतिक्रिया