शुक्रबार, चैत १६, २०८०

भाउजुको हत्याका अभियुक्त यादव पक्राउ

मेरोन्यूज २०७८ जेठ ६ गते ९:४३

विराटनगर । नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा मोरङको रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितासँग विवाद हुँदा अभियुक्तले मङ्गलबार घाँटीको आगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया