बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

मेरोन्यूज २०७८ जेठ ६ गते ८:१५

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरिक्षक डीएसपी राजकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

२ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचार कै क्रममा उनको बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा निधन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

उनका समकालीनले कर्तव्यनिष्ठ मेहनती, व्यवसायिक डीएसपीको निधन भएको भन्दै दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया