बुधबार, वैशाख १२, २०८१

बजेट अधिवेशन बाेलाउन कांग्रेसकाे माग

मेरोन्यूज २०७८ जेठ ५ गते २०:११

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान र विधिसम्मत संसद्को बजेट अधिवेशन बोलाउन माग गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिकाे बुधबार बसेकाे बैठकले कोभिड–१९को उपचारसँग सम्बन्धित उपकरण, स्वास्थ्य सामग्री, औषधि र भ्याक्सिन खरिदमा भएको अनियमिततामा सम्लग्नहरूलाई कारबाही गर्न पनि माग गरेको छ ।

‘सरकारले कोभिड नियन्त्रण र उपचारसँग सम्बन्धित उपकरण सरसामग्री औषधि खरिदमा अनियमितता भएका समाचार सार्वजनिक भइरहेका छन् । यस्तो मानवीय संवेदनासँग जोडिएका विषयमा अनियमितता गर्नेहरूलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ,’ प्रमुख सचेतक बालकृष्ण खाणले भने ।

सम्पूर्ण राज्यको शक्ति नागरिकको जीवन रक्षमा केन्द्रित गर्न कांग्रेसले माग गरेको छ । सातै वटै प्रदेशमा व्यवस्थित उपचारका लागि भेन्टिलेटर आइसीयू थप गर्न र स्वास्थ्य सामग्री र भ्याक्सिन अविलम्ब ल्याउन माग गरेको छ ।

सबै नागरिकको जीवन रक्षाका लागि भ्याक्सिन दिने प्रबन्ध मिलाउन पनि बैठकले माग गरेको छ । बैठकले महामारी नियन्त्रणमा सहयोग पुर्याउने विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय र मुलुकहरूलाई धन्यवाद दिँदै नेपालको नागरिकको सुरक्षाका लागि अझ सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया